कामना डेली,काठमाडौ। गायक एवं संगीतकार पुस्कर सुनुवार र गायिका एलिना चौहानको आवाजमा बिहानी तिमी बोलको गीत सार्वजनिक भएको छ।
उक्त गीतमा प्रेमी प्रेमिकाले एक अर्काको सुन्दरताको बयान गरिएको छ।गीतकार जिबन लुइँटेलको शब्द रहेको गीतमा गायक स्वयं सुनुवारले संगीत संयोजन गरेका छन। भिडियोमा प्रदिप कुमार रासाईलीको निर्देशन दिपक गिरिको छायांकन र बिकाश ज्ञवालीको सम्पादन रहेको छ। गीतको अडियो भिडियोलाई मेलोडी नेपालले उत्पादन गरेको हो।
Advertisement