काठमाडौं। चर्चित युवा प्लेब्याक गायक तथा संगीतकार चिरञ्जीवी भण्डारी नयाँ गीत ‘बदमास’ सार्वजनिक भएको छ ।
यो गीतको भिडियोलाई ओएसआर डिजिटलको युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो । भीम बिसीको संगीत रहेको गीतमा शब्द विक्रम सुन्दासको छ । गीतमा पुष्पकर सुनुवारले संगीत
Advertisement
संयोजन गरेका छन् । गीतको भिडियो आकर्षक बनेको छ । दिलिप ओखेडाद्वारा निर्देशन तथा नृत्य निर्देशन गरिएको उक्त गीतको म्युजिक भिडियोमा मोडल तथा सञ्चारकर्मी सोनिका रोकाया तथा दिपेन्द्र सोनामले अभिनय गरेका छन् । उत्सव दाहालद्वारा छायाँंकन गरिएको उक्त गीतको भिडियोमा विष्णु खड्काको सम्पादन रहेको छ ।