कामना डेेेेली, काठमाडौ। गायक तथा संगीतकार रुपक डोटेलको नयाँ गीत ‘राम कथा’को भिडियो बजारमा आएको छ ।
यो गीतमा शिव सुवेदीले शब्द/ संगित छ।गीतकार सुवेदीकै युट्युब च्यालन ‘शिव सुवेदी’बाट यो गीतको भिडियोलाई बिहिबार बेलुका रिलिज गरिएको छ । संगीत सँयोजन महेश बिक्रम पाण्डेले गरेका हुन भने भिडियोको निर्देशन भने प्रदीप कँडेलले गरेका हुन् । भिडियोमा उनले प्रेमको बियोगान्त राम कथा प्रस्तुत गरेका छन् । युवतीहरुको चक्करमा लाग्दा युवाहरुले भोग्ने रामकहानीलाई आफुले त्रिकोणात्मक कथ्य शैलीमा यो भिडियोमा उतारेको उनले बताएका छन् । सयौं भिडियो सम्पादन गरिसकेका कँडेलले यो राम कथाबाट म्युजिक भिडियो निर्देशनमा पनि हात हालेका छन् । भिडियोको सम्पादन पनि प्रदीप कँडेल आफैंले गरेका हुन् । यो गीतको भिडियोमा अभिनेता सुरज पन्त, कलाकार आवास ज्ञवाली र प्रभा न्यौपानेबीच त्रिकोणात्मक प्रेम देखाईएको छ । लामो समयपछि सुरज अभिनयमा फर्किएका हुन् ।
भिडियोमा कलाकारको रुपमाम रोशन शर्मा पौडेल, अन्सु भुसाल, टिका खनाल पनि प्रस्तुत भएका छन् । जसमा शोभाकर पन्त र स्वर पोखरेलको छायाँकन रहेको छ । भिडियोले दर्शकबाट अहिले राम्रो प्रतिक्रिया पाएको छ ।