प्युठान । प्युठानमा कोरोना भाइरस संक्रमणपछि निको भई डिस्चार्ज हुनेको संख्या २ सय नाघेको छ।
पछिल्लो चौबिस घण्टामा जिल्लाका विभिन्न आइसोलेशनबाट ५० जना डिस्चार्ज भएसँगै कोरोना निको हुने संख्या २ सय ३ पुगेको स्वास्थ्य कार्यालय प्युठानका फोकल पर्शन पुस्कल श्रेष्ठले कामना डेलीलाई जानकारी दिए। उनका अनुसार आज मात्रै कोरोना जितेर घर जानेहरुमा प्युुुठान नगरपालिकाका १,माण्डविका ३७, नौबहिनीका ५ र झिमरुकका ७ जना छन।
Advertisement
संक्रमित निको भएर घर गएपछी नौबहिनी गाउँपालिका भने कोरोनामुक्त भएको छ। उनिहरुलाई गाउंपालिकाले बनाएको स्थानीय आईसोलेशनमा राखिएको थियो।
शुक्रवार सम्म जिल्लामा कुल संख्या ३ सय २८ संक्रमित मध्ये २ सय ३ जनालाई कोरोना निको भएको हो।