कामना डेली, प्यूठान। प्यूठानमा कुल ३ सय २७ कोरोना संक्रमित मध्ये हाल सम्म १५३ जनाले कोरोनाको सङ्क्रमण जितेका छन् ।
Advertisement
स्वास्थ्य कार्यालय प्यूठानका फोकल पर्शन पुस्कल श्रेष्ठले मंगलबार थप ३३ जना कोरोनामुक्त भएर घर फर्किएको बताए। श्रेस्ठका अनुसार प्युठान नगरपालिकाका २४ र मल्लरानी गाउँपालिकाका ९ जना गरि जम्मा ३३ जना कोरोनामुक्त भएर मंगलबार घर फर्किएको जानकारी दिए। उनिहरुलाई जिल्लाका स्थानिय तहले बनाएको ‘आइसोलेसन’मा राखिएको थियो।
जिल्लाभर क्वारिन्टाईनमा ५ सय ५८ जना छन भने,आईसोलेशनमा बस्नेको जम्मा संख्या १ सय ७४ छ। अझै २ सय ३२ जनाको पिसीआर रिपोर्ट आउन बाँकी रहेको कार्यालयले बताएको हो।