काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको कुराकानीका विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार डाकिएको केन्द्रीय समितिको बैठकमा ब्रिफिङ गर्ने भएका छन् ।
Advertisement
दिउँसो २ बजे पार्टी मुख्यालय सानेपामा डाकिएको विषयमा अहिले नेकपाभित्र चलिरहेको राजनीतिक संकट, सरकारको काम कारबाही र प्रधानमन्त्री ओलीसँग सभापति देउवाले गरेका कुराकानीका विषयमा छलफल हुनेछ ।
नेकपा विभाजनको अवस्थामा पुगेको र त्यसपछिको अवस्थामा सरकारमा जाने या कसरी अगाडि बढ्ने भन्ने विषयमा पनि कुराकानी हुने बताइएको छ ।