काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा युवाहरुले राजधानी काठमाडौंमा प्रदर्शन गरेका छन् ।
पार्टीभित्रकै नेताहरुले प्रधानमन्त्री ओलीको राजीनामा माग गरिरहेका बेला युवाहरुले देश र जनताको निम्ती राम्रो काम गर्ने ओलि नै भएको भन्दै उनको समर्थनमा जुलुस निकालेका छन् । ओली नेतृत्वको सरकार ढाल्न पाइँदैन भन्दै माइतीघर मण्डलामा प्रदर्शन भएको हो ।प्रदर्शनमा उत्रिएकाहरूले सरकार ढाल्न पाइँदैन भन्दै ओली नेतृत्वको सरकारको निरन्तरता नै अहिलेको आवश्यकता भएको बताए।
उनीहरुले ओलीको तस्वीर र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा र ब्यानरसहित प्रदर्शन गरेका छन् ।
विदेशी हस्तक्षेपमा सरकार ढाल्न खोजिएको भन्दै प्रदर्शनकारीहरूले ‘वैदेशिक हस्तक्षेप चाहिदैन, सरकार ढाल्न पाइदैन’ जस्ता नारा लगाएका थिए। प्रधानमन्त्री ओलीको फोटोसहितको ब्यानरमा रहेका युवाहरूले ‘सरकार ढाल्न पाइँदैन’, ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’ जस्ता नारा लगाएका छन् ।