गुल्मीमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि

अनिल खत्री, गुल्मी । गुल्मीमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा जिल्लाको गुल्मीदरवार गाउँपालिकामा २१ जना र रुरुक्षेत्र गाउँपालिकामा ८ जना र छत्रकोट गाउँपालिकामा ८ गरि ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।  संक्रमित सबै भारतबाट आएर क्वारेन्टीनमा बसेकाहरु रहेका छन् । क्वारेन्टीनमा बसेकाहरुमा कोरोना भाइरस चेक जाँच गर्न आरडीटी पोजिटिभ आए मात्रै पिसिआर गर्ने गरिएको छ । थपिएका संक्रमित अनुसार जिल्लामा ३२४ जना पुगेका छन् । संक्रमित कुल ४२ जना कोरोना मुक्त भएकर घर फर्केका छन् । जिल्लामा कोरोनाबाट ३ जनाको मृत्यु भइसकेको छ ।
जिल्लाबाट १ हजार ५ सय २२ जनाको स्वाब संकलन गरेर पठाइएकोमा ३८५ जनाको रिर्पोट आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.