रोल्पा । जिल्लाको सुनिलस्मृति गाउँपालिका सुलिचौर रोल्पाले सोमवार कृषकहरुलाई फलफुलका विरुवा वितरण गरेको छ । मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्तर्गत ५ लाख बराबरको फलफुल विरुवा कृषकहरुलाई निःशूल्क वितरण गरिएको हो ।गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीको प्रमुख आतिथ्यतामा ३५ सय सुन्तला, १ हजार आप, ७ सय लिचि, १ सय २८ मेवा, ७ सय अनार र ६ सय अंगुर कृषकहरुलाई वितरण गरिएको हो । वितरण कार्यक्रममा वोल्दै अध्यक्ष घर्तीले आ.व. २०७७÷०७८ को नीति तथा कार्यक्रममा एक घर एक करेसा वारी, फलफुल वगैचा र एक फुलवारी नीति ल्याइएको हुदा सोहि अनुसार सवै कृषक तथा गाउँपालिका बासिहरुलाई लाग्न समेत अध्यक्ष घर्तीले अनुरोध गर्नुभयो ।फलफुल विरुवा कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धे, प्रशासन अधिकृत नुमाकान्त कालाथोकी, मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमका सहजकर्ता चन्द्रकला वुढाको उपस्थिती रहेको थियो भने कार्यक्रम सञ्चालन कृषि शाखा प्रमुख बासुदेव उपाध्यायले गर्नुभएको गाउँपालिका प्रेस संयोजक आशिष भारद्धाजले बताउनुभयो ।
सुनिलस्मृतिले कृषकहरुलाई निःशूल्क फलफुल वितरण ग¥यो
सुनिलस्मृतिले कृषकहरुलाई निःशूल्क फलफुल वितरण ग¥यो
Advertisement
तपाईको प्रतिक्रिया