बुटवल । रुपन्देहीको बुटवल-१० रामनगरमा सवारी दुर्घटनामा परी गएराती २ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परि बुटवल-११ कालिकानगरका २१ वर्षिय शुशिल कँवार र सियारी गाउँपालिका-६ अमुवाका २२ वर्षिय रोसन गुरुङको मृत्यु भएको हो । प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार गएराती पुर्व-पश्चिम राजमार्ग अन्तरगत रामनगरमा रोकी राखेको ना ६ ख ६२४ नम्बरको ट्रकमा बा १४ च ६८७९ नम्बरको छोटा हात्ती ठोक्कीन गई त्यसमा सवार २ जनाको ज्यान गएको हो । गुरुङको घटना स्थलमै र कँवारको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो । छोटा हात्तिका चालक बुटवल-११ प्रतिनगरका २५ वर्षिय गोपाल दंगाल भने सामान्य घाइते भएका छन् । दुबै सवारी पश्चिमदेखि पूर्वतर्फ जाँदै गरेका थिए ।घटना स्थलमा पुगेका वडा प्रहरी कार्यालय रामनगरका प्रहरी निरिक्षक गोबिन्दप्रसाद रेग्मीले बाटैमा ट्रक विग्रीएपछि रोकेर बनाउन लाग्दा पछाडीबाट आएको छोटा हात्ति ट्रकमा ठक्कर खाएको जानकारी दिए ।
छोटा हात्ति र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको छ ।
बुटवलमा सवारी दुर्घटना, दुईको ज्यान गयो
बुटवलमा सवारी दुर्घटना, दुईको ज्यान गयो
Advertisement
तपाईको प्रतिक्रिया