काठमाडौं ।सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुले कोरोनाको प्रकोप रहुञ्जेल संसद बैठकको भत्ता नलिने भएका छन् ।
यससम्बन्धमा नेकपाको स्थायी समिति बैठकमा प्रस्ताव पेश गरिएको छ । आज (बुधबार) बसेको बैठकबाट सांसदले भत्ता नलिने निर्णय गर्न लगाइएको हो । त्यसैगरी संसदमा छलफल अवस्थामा रहेको नागरिकता विधेयक र रुकुम घटनाको समीक्षा पनि बैठकको मुख्य एजेण्डाका रुपमा समावेश गरिएको छ । स्थायी कमिटीकाे पाँचाै बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा अाेली र अर्का अध्यक्ष पुष्पकमल दाहाल”प्रचण्ड”ले संबाेधन गरेका थिए ।
बुधबारको बैठक सकिएको छ। अर्काे बैठक शुक्रबार बस्ने जनाइएको छ ।
बैठकले ७ वटा एजेन्डा स्वीकृत गरेकाेछ :
१.वर्तमान परिस्थिति र स्थायी कमिटीकाे बैठकका सम्बन्धमा अध्यक्षद्वयकाे संबाेधन ।
२.काेभिड-१९ काे नियन्त्रण, राेकथाम र उपचार सम्बन्धमा ।
३. नेपालकाे सीमा समस्या र समाधान सम्बन्धमा ।
४. सरकारकाे कामकाे समग्र समीक्षा सम्बन्धमा ।
५. पार्टी कामकाे समीक्षा र सांगठानिक एकतकाे बाँकी कामहरू सम्पन्न गर्ने सम्बन्धमा ।
६.एममसीसीका सम्बन्धमा ।
७.विविध ।
क.रूकुम घटना
ख.नागरिकता विधेयक र
ग. संघीय संसदका सदस्यहरूकाे भत्ता ।