नवलपरासी ।पाल्ही सूचना तथा सञ्चार सहकारीद्वारा संचालित सामुदायिक रेडियो सुनवल ९०.७ मेगाहर्जको प्रसारण बन्द भएको छ।
सोमबार बिहान आएको हावाहुरीले रेडियोको उपकरणमा क्षति पुगेपछि रेडियोको प्रसारण बन्द भएको हो। पानी सहित बिहान ४ बजे आएको हावाहुरीले एफएमको टावर भाँचेर क्षति पुर्याएपछि रेडियोको प्रसारण बन्द भएको हो। हावाहुरीका कारण रेडियोको टावर, यन्टेनामा क्षति पुग्दा ७ लाख मुल्य बराबरको क्षति पुगेको रेडियोका प्रशासन प्रमुख इन्द्र कुमार रेग्मीले जानकारी दिनुभयो। टावर तथा अन्य उपकरणमा हावाहुरीले क्षति पुरयाएपछि अहिले रेडियो प्रसारणसमेत बन्द भएको रेग्मीले बताउनुभयो।
टावर तथा अन्य मिसिनरी उपकरणको मर्मत सम्भारका लागि केही दिन लाग्ने र त्यसपछि रेडियो प्रसारण नियमित हुने उहाँले बताउनुभयो। नवलपरासी,पाल्पा,रुपन्देही लगायत ठाउँ सम्म रेडियो प्रसारण हुँदै आएको थियो ।