दाङ। जिल्लाको तुलसीपुर ९ अटोभिलेजमा रेडियटर मर्मत पसल सञ्चालन गर्दै आएका २८ बर्षिय मन्दिप भुजको हत्यामा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको छ ।
आईतबार तुलसीपुरमा पत्रकार सम्मेलन आयोजना भुजको हत्यामा संलग्न चार जनालाई सार्वजनिक गरेको हो। ईलाका प्रहरी कार्यालय तुलसीपुरले उनकै साथीहरु मिलेर भुजको हत्या गरेको जानकारी दिएको छ । डिएसपी हरिहरनाथ योगीले पत्रकार सम्मेलन मार्फत जानकारी दिदै गत जेठ १६ गते शुक्रवार राती अटोभिलेज नजिकै रहेको चौधरी होटेलमा साथीहरुसंगै मादक पदार्थ सेवन गरी सामान्य विवाद हुँदा उनको हत्या भएको बताएका छन् । घटना भएको पाँच घण्टामै हत्याराहरु पक्राउ गर्न सफल भएको तुलसीपुर प्रहरी प्रमुख हरिहरनाथ योगीले भने । शनिवार विहान मृत फेला परेका भुजको सुक्ष्म अनुसन्धान गर्दा घटना घटेको ६ घण्टा भित्र केहिलाई नियन्त्रणमा लिदा हत्यारा पत्ता लगाउन सफल भएको उनले बताएका छन् ।
उनका अनुसार तुलसीपुर ५ बस्ने अजय बुढाथोकी, सोहि वडाका आषिश नेपाली, तुलसीपुर १८ बस्ने ओमबहादुर सार्की र अर्घाखाँची जिल्ला ढिकुरा वडा नम्वर घर भई हाल तुलसीपुर ६ बस्ने शौरभ पोख्रेल मिलेर भुजको हत्या भएको हो । ती चार जना अभियुक्त मध्ये सुरुमा शौरभ पोख्रेलले ढुङ्गा प्रहार गरी गम्भिर घाईते बनाएपछि अन्य तिन जना घटना सलग्न भएको अनुसन्धानबाट खुलेको डिएसपी योगील…