प्यूठान । भारतका बिभिन्न ठाउबाट आएर सिमानाकामा फसेका प्यूठानीहरुको उद्दारका लागि जिल्लाका स्थानीय तह र यातायात ब्यबासायी बिच आवास्यक समन्वय नभएको पाईएको छ।
सिमाक्षेत्र सम्म गाडी पठाएरै स्थानिय सरकारहरुले बिगत ६ दिन देखि आफ्ना नागरिकहरु ल्याउने काम गरेका छन। तर,जिल्लाका नौ वटा स्थानिय तहमध्ये धेरैजसोले ब्यबासायीसंग समन्वय गरेका छैन्न। जिल्लामा दुई वटा यातायात ब्यबसायी समिती भएपनी उनिहरुसंग बस ब्याबस्थापनका लागी स्थानिय सरकारको अहिले सम्म प्रभावकारी समन्वय हुन सकेको छैन । जिल्लाका स्थानीय तहले सिमाक्षेत्र सम्म नै फोहोर बोक्ने गाडि, ट्र्क,टिप्पर र ट्याक्टरमा मान्छेहरु खचाखच भरेर ओसार्ने काम गरिरहेका छन। लकडाउनले खाली बसेका बस,जिपहरुलाई परिचालन गर्नेतर्फ सम्वन्य गरेका छैनन् । बसहरु जान नमान्दा टिप्पर पठाएरै भएपनी नागरिकहरुको उद्धार गर्न थालिएको स्थानिय सरकारका प्रतिनिधीहरुले प्रतिक्रीया दिने गरेका छन।
स्वर्गद्धारी सार्वजनिक यातायात व्यवसायी समिति प्यूठानका महासचिव कुमार श्रेष्ठले अहिलेसम्म कसैले पनि गाडी चाहियो भनेर समितीलाई आधिकारिक सम्पर्क नगरेको बताए। ‘प्रजिअ र मल्लरानी गाउपालिकाले आज साँझ मात्र गाडी चाहियो भन्नुभएको छ,संख्या खुलाउनुभएको छैन।’श्रेष्ठले भन्नुभयो,’जिल्लाबासीलाई ल्याउनका लागि गाडी परिचालन गर्न समिति तयार छ।’‘गाडी चालकलाई पिपिई सेट सहितका सुरक्षा सामाग्री दिएर सुरक्षित महशुस गराउनसके गाडी पठाउन तयार रहेको उनले बताए।’गाडि जान मान्दैन्न भनेर लगाईएको आरोप झुठो हो।’ उनले भने,’ स्थानिय तहहरुले हामिसंग समन्वय नै गर्नुभएको छैन’नेपाली कांग्रेस प्युठानका सचिव देवेन्द्र बर्माले भारतबाट आउने प्युठानबासीलाई टिप्पर र ट्रयाक्टरमा आउने अबस्था सिर्जना हुनु दुखकाे कुरा भएको बताउदै तत्काल आबस्यक सबारी साधनकाे सूची जिल्लाका यातायात समितिलाई उपलब्ध गराउन सबै स्थानीय तहलाई अाग्रह गरे । याे रमिता हेर्ने समय नभएको भन्दै एक अापसमा अाबश्यक्ताअनुसार समन्वय गर्न तथा हातेमालो गर्न पनि कांग्रेस सचिव बर्माले अाग्रह गरेका छन्। कामना डेलिसंग टेलिफोनमा कुराकानी गर्दै उनले सिमामा आई अलपत्र परेकाहरुलाई ड्ब्लुएचओद्धारा घोषित मान्यता अनुसार सामाजिक दुरी कायम राखी सुबिधायुक्त बसहरुबाट ल्याउनुपर्ने बताए। शनिबार सम्म एक हजार बढी नागरिकलाई जिल्ला भित्राईएको छ। भारतबाट असुरक्षित रुपमा जिल्लाबासी भित्रिएपछि थप जोखिम बढ्नसक्ने स्थानीयको गुनासो छ ।
टिपरमा मान्छे ओसार्दै स्थानीय तह, यातायात ब्यवसायीसंग भएन समन्वय
टिपरमा मान्छे ओसार्दै स्थानीय तह, यातायात ब्यवसायीसंग भएन समन्वय
Advertisement
तपाईको प्रतिक्रिया