नुवाकोट। कोरोना परीक्षणका क्रममा नुवाकोटमा आठ जनामा आरडीटी पोजिटिभ पाइएको छ। जिल्लास्थित त्रिशुलि अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारी लगायत १ सय ६३ जनामा आरडीटि परिक्षण गर्दा ८ जनामा आरडीटि पोजेटिभ देखिएको अस्पताल श्रोतले जनाएको छ ।
Advertisement
आईसोलेसन वार्डमा रहेका १ जना र अन्य ६ वटा अस्पतालकै कर्मचारीहरुको नमुना स्वाब संकलनका क्रममा ८ जनामा आरडीटी पोजिटिभ देखिएको हो। उक्त आठ वटा नमूना सहित शंकास्पद १५ वटा नमुनाहरु पिसिआर परिक्षणको लागि काठमाण्डौँ स्थीत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाईएको अस्पतालद्वारा जारि प्रेस विज्ञप्तिमा जनाइएको छ ।
आरडीटी पोजिटिभ पाइएको सबैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।