देउखुरीमा चित्तल मारेको आरोपमा दुई पक्राउ

ओमप्रकाश गुप्ता, देउखुरी । दाङ जिल्लाको देउखुरीमा जंगली जनावर चित्तल मारेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लमही नगरपालिका वडा नम्बर ९ रिहार निवासी झग्गु ओली र मान सिङ्ग ओली  छन् ।

मंगलबार बेलुका पानी खान रिहारको तलाउमा आएको चित्तललाई ढुङा र भट्टाले हानेर मारेको ओलीद्वयलाई आरोप लागेको छ । पानी खान तलाउमा आएको जंगली चित्तललाई जङ्गल तर्फ भगाउनुको सट्टा ढुङा र भट्टाले हानेर मारेको भन्ने सुचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय देउखुरीका डिभिजनल प्रमुख प्रबीण बिडारीले बताएका छन् ।

Sharing Now!

You might also like

Comments are closed.