दिन दहाडै बृद्दभत्ता चोरी गर्ने पक्राउ

सनिउल्ला धोबी, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाको मुख्य ब्यापारीक नगरी चन्द्रौटामा दिन दहाडै वृद्धभत्ता चोरेको आरोपमा एक जना पक्राउ परेका छ।
शिवराज नगरपालिका ४ चनइ बस्ने ४५ वर्षका अमिन मियाले जेष्ठ महिला शिवराज ६ सुगानगरकि ७८ वर्षिय तिर्था यादवको १२ हजार नगद भत्ता चोरी गरि फरार भएका थिए ।
मियाले पैसा चोरेको गौतम फोटो स्टुडियोको सिसि क्यामेरा फुटेजबाट पत्ता लागेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले जानकारी दिनु भयो । अमिनलाई वडा प्रहरी कार्यालयमा राखिएको छ । अमिन विरुद्ध उजुरी नपरेको प्रहरीले जनाएको छ ।

Sharing Now!

You might also like

Comments are closed.