राम बहादुर बिश्वकर्मा, प्युठान । काठमाडौमा अलपत्र परेकालाई गन्तव्यमा पठाइएको छ।
बिध्यार्थी ,मजदुर , कर्माचारी तथा ब्यबसायी काठमाडौमा अलपत्र परेपछि नेपालि काङ्ग्रेसका युवा नेता प्रमोद पोख्रेलको सक्रियतामा अलपत्र ब्यक्तिलाई पालिका भित्राइएको छ। त्यस्तै बाग्दुलामा खाजाको ब्यबस्था गरि ९२ जनालाई उद्दार गरि गन्तव्यतर्फ पठाइएको छ । उनीहरु स्वर्गद्वारी नगरपालिकाका ५ जना, नौबहिनिका ऐरावती २, गौमुखि ३ माण्डबी २ जना, मल्लरानिका २२ जना, प्युठान नगरपालिकाका ३ जना र अर्घाखाँची १ जना रहेका छन् ।
उनीहरूलाई बाग्दुलाबाट जिल्लाका सम्बन्धित पालिकासंग समन्वय गरि ना ७ ख ९७०३ नम्बरको बसमा जम्मा गाडिभाडा रकममा आधा छुट गरि गन्तव्यमा पठाइएको नेता पोख्रेलले बताए।लकडाउनका कारण समस्यामा परेका यात्रुलाई समेत गन्तव्य स्थानसम्म पुर्याउन मद्दत गरेका हुन् । उनले अप्ठ्यारो र विषम परिस्थितिमा सबैले आआफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने र सामाजिक दायित्व बहन गर्नुपर्ने बताए ।
कोरोना भाइरसको संक्रमण रोकथाम उद्दार कार्यमा आफुहरुलाई प्रत्यक्षरूपमा सहयोग गरेको भन्दै पोख्रेललाई यात्रुले धन्यवाद दिएका छन् ।झिमरुक गाउँपालिकाले आफ्नो पालिकाभित्र बाहिरी जिल्लाबाट आउनेलाई गाउँ पस्न रोकेपछि लकडाउन सुरु भए देखि गन्तव्यतिर आउन बन्चित थिए।
यद्धपी सबै जसो स्थानिय तहले विभिन्न स्थानमा अलपत्र परेकालाई गृह जिल्ला ल्याउने काम गरिरहेका छन । झिमरुक गाउँपालिकाका स्थानीयले उक्त कार्यको विरोध जनाउँदै आएका थिए। स्थानीयले जिल्ला बाहिर अलपत्र परेकाहरुको उचित व्यवस्थापन हुनुपर्ने दबाब दिएका थिए।
नेता पोख्रेलको पहलमा अलपत्रलाई गन्तब्यमा पठाइयो
नेता पोख्रेलको पहलमा अलपत्रलाई गन्तब्यमा पठाइयो
Advertisement
तपाईको प्रतिक्रिया