कपिलवस्तुमा मृत भेटीए निलगाइ

कपिलवस्तु। कपिलवस्तुको कृष्णनगर नगरपालिका ८ लोहोरौलामा एक निलगाइ मृत अवस्थामा फेला परेको छ । सोमबार दिउँसो १ बजे इलाका प्रहरी कार्यालय वहादुरगन्जको टोलिले जालमा फसेको अवस्थामा फेला परेको थियो । उक्त स्थानबाट दुई वटा मोटरसाइकल समेत बेवारिसे अवस्थामा फेला परेको प्रहरी नायव निरीक्षक अभय रावतले बताउनुभयो । लु २५ प ५२२९ र लु २ प २३ नम्बर मोटरसाइकल बरामद गरिएको रावतले बताउनुभयो । प्रहरिले मृतक निलगाइ र मोटरसाइकल डिभिजन बन कार्यालय गौतमबुद्वलाई बुझाएको छ । थप अनुसन्धान भइरहेको डिभिजन वन अधिकृत दुर्गा बहादुर कार्कीले बताउनुभयो । गत सोमबार महाराजगंज नगरपालिका महाराजगंज ९ जितपुरमा शिकारीहरुले गोलि हानि निलगाई मारेका थिए । स्थानीय किसानले खेत किनारमा गोली लागि मरेको अवस्थामा निलगाई देखेपछि प्रहरीलाइ खबर गरेका थिए ।

Sharing Now!

You might also like

Comments are closed.