प्रदेश नम्बर ५ को प्रहरी प्रमुखमा डिआईजी धानुक

सागर थापा। पाँच नम्बर प्रदेश प्रहरी प्रमुखको जिम्मेबारी प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआइजी रबिन्द्र धानुकले सम्हाल्नुभएको छ। उहा शुक्रबार सरुवा भएर आउनु भएको हो । डिआइजि धानुकले शुक्रबार देखि जिम्मेवारि सम्हालेका हुन । दाङको तुल्सीपुरमा प्रदेश नम्बर ५. को प्रहरि प्रमुखको जिम्मेवारि सम्हाल्दै डिआइजी धानुकले विभिन्न जिल्लाहरुमा बसेको सुरक्षा चुनौती बारे जानकार रहेको भन्दै शान्ती सुरक्षा कायम गर्ने सवालमा कुनै कसर बाकी नराख्ने  जानकारी दिनुभयो ।
पहाडी जिल्लामा बिशेष अप्रेसन चलाएर भएपनि जनतालाइ शान्ती सुरक्षा अमन चयन कायम गर्ने सवालमा आफू प्रतिबद्ध रहेको बताउनु भयो । प्रदेश नम्बर ५ को जिल्ला रुपन्देही र रुकुम बस्दा पनि त्यहाको शान्ती सुरक्षा बारे बुझ्ने मौका पाइसकेको र अहिले प्रहरि प्रमुखको जिम्मेवारी पाउदा आफू थप उत्साहीत भएको बताउनु भयो ।

Sharing Now!

You might also like

Comments are closed.