राम बहादुर बिश्वकर्मा,प्युठान । नेपाली काङ्ग्रेस प्युठानका युवा नेता प्रमोद पोख्रेलको पहलमा अलपत्रमा परेका ६ जना मजदुरहरूलाई शुक्रबार गन्तव्यमा पठाएको छ ।तनहुमा काम गर्दै आएका लकडाउन भए पश्चात मजदुरलाई निर्माण कम्पनिले प्युठानकाे बाग्दुलामा लिएर छाेडेपछि विचल्लीमा परेका मजदुरलाई नेता पोख्रेलले बा १३ च १३२२ नम्बरको स्कार्पियो गाडिको ब्यबस्था गरि गन्तव्यमा पुर्याउभएको हो ।जसमा गाैमुखि गाउपालिका १ अर्खाका चिन्तराम सुनार,अाेम प्रसाद बि क,लिल बहादुर बिटालु,बिनाेद सुनार,मने बिटालु,बल बहादुर बि क रहेका छ्न । पोख्रेलले अझै पनि जिल्ला बाहिर विभिन्न ठाउँमा रहेका व्यक्ति सम्पर्कमा आए उद्धार गर्ने बताउनुभयो।
Advertisement