जीवन न्यौपाने,
बैशाख १०, नवलपरासी ।
पुर्व गृहराज्यमन्त्री एवं संघिय सांसद देवेन्द्रराज कंडेलले स्वास्थ्यकर्मी तथा पत्रकारहरुलाई खाजा वितरण गरेका छन् । कोरोना भाईरसको संक्रमण रोकथाम तथा उपचारमा सेवा प्रदान गरिरहेका नवलपरासी जिल्लाका स्वास्थ्यकर्मी र जनचेतना फैलाउन फिल्डमा खटिरहेका पत्रकारहरुलाई बुधबार चाउचाउ र पानी वितरण गरेका छन् ।
कंडेलले नेपाली कांग्रेस पाल्हीनन्दन गाउँकार्यसमितिको आयोजनामा कुल २ सय ८० कार्टुन चाउचाउ र २ सय १५ कार्टुन मिनरल पानी जिल्ला समन्वय समिति मार्फत जिल्ला स्वास्थ्य कार्यालय र पत्रकार महासंघ नवलपरासी लाई हस्तान्त्रण गरेका हुन् । नेपाली कांग्रेसको केन्द्रिय सदस्य समते रहेका सांसद देवेन्दंराज कण्डेलेको सहयोगमा प्राप्त २ सय ८० कार्टुन चाउचाउ र पाल्हीनन्दन गाउँपालिकाको वडा कार्यसमितिको आर्थिक सहयोगमा प्राप्त २सय १५ कार्टुन पानी जिल्ला समन्वय समिति मार्फत ति दुबै संस्थालाई हस्तान्त्रण गरेको नेपाली काङ्ग्रेस नवलपरासीका संगठन विभाग प्रमुख राजेन्द्र सहानीले जानकारी दिए ।
जिल्लामा कुल ६२० जना स्वास्थ्यकर्मीहरु कार्यरहत छन भने सय भन्दा बढि क्रियाशिल पत्रकारहरु कार्यरत छन् ।
जिल्लाको ७ वटै स्थानिय कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई जिल्ला स्वास्थ्य कार्यालय मार्फत सो खाजा वितरण गरिने र नेपाल पत्रकार महासंघ मार्फत पत्रकारहरुलाई उक्त खाजापानी वितरण गर्ने उद्देश्यले ति दुबै संस्थाहरुलाई हस्तान्त्रण गरिएको सांसद कण्डेलले जानकारी दिए । उनका अनुसार हस्तान्तरण गरिएको चाउचाउ र पानी जिल्ला स्वास्थ्य कार्यालय मार्फत ४ गाउँपालिकालाई ३०/३० कार्टुन चाउचाउ र २५/२५ कार्टनु पानी हस्तान्त्रण गरिने छ भने पत्रकार महासंघलाई ४० कार्टुन चाउचाउ र ४० कार्टुन पानी हस्तान्त्रण गरिने बताए ।
यस्तो महामारीको बेलामा उपचार सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मी र जनचेतना तथा सन्देश दिईरहेका पत्रकारहरुलाई दिउँसो खाजा र पानी खान सहयोग हो भन्ने उद्देश्यले उक्त सामाग्री हस्तान्त्रण गरिएको सांसद कण्डेलले बताए । त्यसैबिच प्रदेश सांसद बैजनाथ जयसवाल, नेका सभापति विष्णु पौडेल,नेका सह अध्यक्ष सुबाष गिरि, नेका जिल्ला सह–सचिव एवं जिल्ला समन्वय समिति प्रमुख शिवशंकर राय, नेपाली काङ्ग्रेस क्षेत्रिय सभापति एवं रामग्राम नगरपालिका नगर प्रमुख नरेन्द्र कुमार गुप्ता र जिल्ला सचिव गजानन्द पटेल, पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष पावित्रा कोहार, सरावल गाउँपालिका उपाध्यक्ष उत्तमा राय, लगायतले यस खाजाले स्वास्थ्यकर्मी तथा पत्रकारहरुको मनोबल बढने र केहि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
संघिय सांसद कंडेलद्वारा स्वास्थ्यकर्मी तथा पत्रकारहरुलाई खाजा वितरण
संघिय सांसद कंडेलद्वारा स्वास्थ्यकर्मी तथा पत्रकारहरुलाई खाजा वितरण
Advertisement
तपाईको प्रतिक्रिया