असीनापानीका कारण हिउँदे बाली नष्ट

अनिल खत्री, गुल्मी । हिउँदे बालीको सुरुवात मै आएको अबिरल बर्षाका कारण गुल्मीमा मकै सहित मौसमी तथा बेमौसमी हिउँदे बाली नष्ट भएका छन् । जिल्लाका बिभिन्न स्थानमा परेको भारी असिना पानीका कारण हिउँदे बाली नष्ट भएको कृषकहरुले गुनासो गरेका छन् । असिनापानीका कारण भरखरै उम्रदै गरेको मकैसँगै तरकारी सिमि, आलु , धानको बिउ लगायतका थुप्रै हिउँदे बाली नष्ट गरेको छ । बर्ष भरिको खेती नष्ट गरेका कारण कृषकहरु चिन्तित बनेको कृषक पुर्ण बहादुर महताराले बताए ।
हिउँदे बालीको सुरुवात मै आएको भारी असिनापानीका कारण ठुलो क्षति भएको हो । गएको बिहिवार परेको असिना पानीले केही मात्रै असर गरेपनी आइतबार, सोमबार र मङ्गलबार गरी लगातार तिन दिनसम्म परेको असिना पानीका कारण जिल्ला भर हिउँदे बाली तथा तरकारी वाली पुर्ण रुपमा नष्ट भइ लाखौंको क्षति भएको छ ।

Sharing Now!

You might also like

Comments are closed.