धादिङ। धादिङको थाक्रेमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।
Advertisement
मृत्यु हुनेमा थाक्रे गाउँपालिका–३ मल्दुङका ५४ वर्षीय सानुमान तामाङ र २३ वर्षीय सागर अर्याल छन् । गएराति ट्रान्समिटर पड्किएर उच्च भोल्टेज प्रवाह हुँदा घरमै रहेका उनीहरुलाई करेन्ट लागेको हो । यस्तै गाउँका अरु सात जना करेन्ट लागेर घाइते भएका छन् ।
घाइतेमध्ये पाँच जनाको स्थानीय स्वास्थ्य संस्थामा र दुईको काठमाण्डुको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।