मन्त्रिपरिषदले पारित गरेका दुई अध्यादेश राष्ट्रपतिद्वारा जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार मन्त्रिपरिषदले सिफारिस गरेको अध्यादेश जारी गरेकी छन् ।राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपतिले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७ र राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७७ जारी गरेको जानकारी दिए।सहायक प्रवक्ता घिमिरेले जारी गरेको विज्ञप्तिमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेशहरु जारी गरेको जनाइएको छ।राजनीतिक दलसम्बन्धी ऐन संशोधन अध्यादेशमा पार्टी केन्द्रीय समिति वा संसदीय दलमध्ये एउटामा ४० प्रतिशत मत पुर्‍याएमा पार्टी विभाजन गर्न सकिने व्यवस्था गरिएको छ । स‌ंवैधानिक परिषदसम्बन्धी अध्यादेशमा भने परिषद बैठक बस्न प्रमुख प्रतिपक्षी दलका नेताविनै संवैधानिक परिषदको बैठक बस्न र निर्णय गर्न सकिने व्यवस्था गरिएको छ ।

Sharing Now!

You might also like

Comments are closed.