फुलबारीले दियो नगरपालिकालाई स्वास्थ्य सामाग्री

राम बहादुर बिश्वकर्मा,प्युठान। स्वर्गद्वारी नगरपालिका लाई मंगलबार ६० हजार मूल्य बराबरका स्वास्थ्य सामग्री तथा उपकरण प्रदान गरिएको छ ।अष्ट्रेलियन एडको आर्थिक सहयोग आड्रा नेपाल,रुपान्तरण र फुलबारी एकिकृत ग्रामीण बिकास संस्था नेपालको साझेदारी कार्यक्रम कृषि तथा जीविकोपार्जन प्रबर्धन परियोजना (GOAL-ll ) ले सामग्री प्रदान गरेको हो ।एक द्वार प्रणाली अनुसार सहयोग गर्ने निर्णय भएकाले नगरपालिका मार्फत विश्वमै कोरोनाको सन्त्रास फैलिएको अवस्थामा गाउँ,टोल र बस्तीका जनता माझ पुगोस भन्ने तरिकाले यस्ता स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको कृषि तथा जीविकोपार्जन प्रबर्धन परियोजना (GOAL-ll ) का पालिका संयोजक मोहन सुबेदिले बताए।फुलबारी एकिकृत ग्रामीण बिकास संस्थाका अध्यक्ष गुणेन्द्र बहादुर बस्नेतलेस्वर्गद्वारी नगरपालिकाका मेयर नेत्र बहादुर रोकालाई सर्जीकल माक्स ५०० थान,ग्लोब्स ३०००,स्यानीटाईजर १२ लिटर फिनेल २४ लिटर र स्प्रीट २४ लीटर हस्तान्तरण गर्नुभएको हो।

Sharing Now!

You might also like

Comments are closed.