राम बहादुर बिश्वकर्मा,प्युठान । के तपाइले ४ वटा खुट्टा भएको कुखुरा या कुखुराको चल्ला देख्नुभएको छ ? तपाइको उत्तर हुन सक्छ , घरपालुवा र बन्यजन्तु चौपाया भैसी, गाई,मृग बाग , भालु, बाख्रा तथा गोरु को पो ४ वटा खुट्टा हुन्छ, कुखुराको पनि कहिँ ४ वटा खुट्टा हुन्छ ? नचाइने र पत्याउनै नसकिने कुरा ।’ यस्तै पत्याउन मुस्कील पर्ने तर वास्तविक घटना प्युठानमा भएको छ ।प्युठानमा चारवटा खुट्टा भएको कुखुराको चल्ला निक्लिएको छ । प्युठान नगरपालिका ५ जुम्रीकाडा ठोलोगाउँमा चारवटा खुट्टा भएको चल्ला अण्डाबाट निक्लिएको हो । नर बहादुर घर्ती मगरले पाल्दै आएको कुखुराले चार वटा खुट्टा भएको चल्ला निक्लिएपछि गाउँमा अहिले कुखुराको चल्ला हेर्नेको भिड लाग्न थालेको छ ।२ खुट्टा अगाडि र २ खुट्टा पछाडि रहेको घर्ती मगरले जानकारी दिनु भयो । नयाँ बर्षको पहिलो दिनमै खुशिको बहार लिएर कुखुराले यस्तो चल्ला निकालेको घर्तिमगरले बताउनुभयो।उक्त कुखुरासँग निक्लिएका अन्य चल्लाहरु भने सामान्य रहेको र एक वटामात्रको ४ खुट्टा रहेको उहाँले बताउनु भयो।चार खुट्टाको चल्ला निक्लिए पछि घर्तिमगरको घरमा चल्ला हेर्नेको भिड लाग्न थालेको छ ।
प्युठानमा कुखुराको अण्डाबाट निस्कियो चार खुट्टे चल्ला
प्युठानमा कुखुराको अण्डाबाट निस्कियो चार खुट्टे चल्ला
Advertisement
तपाईको प्रतिक्रिया