गुल्मीमा ५ जनाको कोरोना परिक्षण रिर्पोट नेगेटिभ

अनिल खत्री, गुल्मी । गुल्मीमा कोरोना आशंकामा स्वाब परिक्षण गरेका ५ जनाको रिर्पोट नेगेटिभ देखिएको छ । कोरोना परिक्षणको लागि स्वाब संकलन गरेर भैरहवा स्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पठाइएकोमा ५ जनाको कोरोना परिक्षण रिर्पोट नेगेटिभ देखिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए । गत चैत २४ गते मुसिकोट नगरपालिकाका दुई, रेसुङा नगरपालिकाका एक र सत्यवति गाउँपालिका दुई जना युवाको कोरोना परिक्षणको लागि स्वाब संकलन गरेर पठाइएको हो । ५ जनाको रिर्पोट नेगेटिभ आएको शनिवार सार्बजनिक गरिएको छ । उनीहरु गत चैत्र ६ गते कोरोना संक्रमित युवतीसंगै कतार एयरवयजको विमानबाट नेपाल आएका थिए । स्वाब पठाइएका मध्ये रेसुङा नगरपालिकाका युवा महेन्द्र माविको क्वारेन्टाइनमा रहेका थिए । मुसिकोट नगरपालिका र सत्यवति गाउँपालिकाका ४ जना होम क्वारेन्टाइनमा रहेका थिए । उनिहरु कोरोना परिक्षण रिर्पोट नेगेटिभ देखिएकाले सामान्य जीवनमा फर्कन सक्ने गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले बताए ।

Sharing Now!

You might also like

Comments are closed.