ऐरावतीमा १६ जनाको कोरोना रिपोर्ट नेगेटिभ

प्युठान । प्युठानमा कोरोना परीक्षण गरिएकामा १६ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।कोरोना संक्रमणको जोखिम बढेसंगै प्युठानको ऐराबती गाउँपालिकाको मोती माध्यमिक बिध्यालय बरौला स्थित क्वारेन्टाइन स्थलमा १६ जनामा द्रुत परीक्षण (र्‍यापिड टेष्ट) गरिएकोमा सबैजनाको रिपोर्ट नेगेटिभ आएको हो । सबैको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई गाउपालिकाले नै यातायात खर्चको ब्याबस्था गरि शनिबार घर पठाइएको उपाध्यक्ष बुद्ध बस्नेतले जानकारी दिए। गाउँपालिकाका अनुसार उनिहरु सबैलाई कपिलवस्तुको कृष्णनगर नाकाबाट उद्धार गरि क्वारेन्टाईनमा राखिएको थियो। स्वास्थ्य प्राविधिक टोलीले जिल्लाको विभिन्न स्थानीय तहका क्वारेन्टाईनमा पुगेर र्‍यापिड टेष्ट गर्न सुरु गरेको छ । यस अघि कोरोना आशंकामा परिक्षणका लागी पठाईएका जिल्लाका ९ जनाको पनि नतिजा नेगेटिभ आएको थियो ।

Sharing Now!

You might also like

Comments are closed.