तिनाउ मिसन डेभलपमेन्ट बैंकद्वारा खाद्यान्न सहयोग

जीवन न्यौपाने, नवलपरासी।विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-19) को रोकथाम र नियन्त्रणको आगि भन्दै नेपाल सरकारले चैत्र ११ गतेबाट मुलुकभर लकडाउन गरिरहेको छ।सोहि लकडाउनले दैनिकि ज्यालादारी मजदुर भने सबैभन्दा प्रभावित भैरहेको अवस्थामा तिनाउ मिसन डेभलपमेन्ट बैंकको मुर्गिया, रामापुर र बासगढी शाखाले एक कार्यक्रमका विच शुक्रबार सैनामैना नगरपालिकालाई खाधान्न सामाग्री सहयोग गरेका छन्।सैनामैना नगरपालिकाले स्थापना गरेको कोरोना नियन्त्रण रोकथामा तथा राहत कोसमा जम्मा हुने गरी तिनाउ मिसन डेभलपमेन्ट बैंकका ति शाखाहरुले खाधान्न सहयोग गरेका हुन् । सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीलाई बैंकका शाखा प्रमुखहरु कृष्ण प्रसाद घिमिरे, गणेश पौडेल र सशिधर घिमिरेले सयुक्त रुपमा सो खाध्यान्न तथा दैनिक उपभोग्य सामाग्री सहयोग गरेको तिनाउ मिसन डेभलपमेन्ट बैंक मुर्गिया शाखाका शाखा प्रमुख कृष्ण कृष्ण प्रसाद घिमिले बताउनु भयो ।

Sharing Now!

You might also like

Comments are closed.