कपिलवस्तु । इस्लाम धर्मावलम्बीहरुले आज देशभर एक साथ आफनो सब्बेबरात पर्व मनाइरहेका छन। मुस्लिम समुदायले यस पर्वलाई आफनो समुदायको पर्वहरुको मुख्यद्वार पनि मान्दै आएका छन् ।सब्बेबरात पर्वपछि मुस्लिम समुदायका अन्य पर्वहरु निरन्तर रुपमा एकपछि अर्को पर्व आउने भएकाले, यो पर्वलाई पर्वहरुको प्रवेश द्वार मानिएको हो । यस सब्बेबरात पर्वमा मुस्लिम समुदायका व्यक्तिहरुले दुइ दिन रोजा (ब्रत) बस्ने गर्दछन् । मृत्यु भइसकेका पुर्खाहरुको सम्झनामा मुस्लिम समुदायले प्रत्येक वर्ष यो पर्व मनाउने गरेको मौलान रमजान मन्सुरीले बताउनु भयो ।गत वर्ष गरेको कामको लेखाजोखा र आउने बर्षको लागी योजना तय गर्ने गरिन्छ । यस पर्बमा अल्लाहको इबादत नमाज( प्रथाना) मुस्लिम ग्रन्थ कुरआन बाचन, कब्रिस्तान (चिहान) मा प्रथाना र गरिब दुखीलाई दान दिने चलन रहि आएको मुस्लिम आगुवा निसार खानले जानकारी दिनु भयो ।राष्ट्रिय मुस्लिम आयोग नेपालले यस पर्वलाई सभ्य तवरले मनाउना मुस्लिम समुदायलाई आग्रह गरेको छ । मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीले एक विज्ञप्ति जारी गर्दै लकडाउनको पालन गर्दै तडक भडक नगर्न अनुरोध गर्नु भएको छ। कोरोना सक्रमणबाट बच्नका लागी मस्जिद र , कब्रिस्तान (चिहान) मा नजान अनुरोध गर्दै घरमै नमाज(प्रथाना) गर्न अनुरोध गरिएको छ ।
आज मुस्लिमहरुको सब्बे बरात : घरमै पर्व मनाउन मुस्लीम आयोगको आग्रह
आज मुस्लिमहरुको सब्बे बरात : घरमै पर्व मनाउन मुस्लीम आयोगको आग्रह
Advertisement
तपाईको प्रतिक्रिया