मेगमन बुढा,राजपुर ।दाङको राजपुर गाउँपालिकाले अति विपन्न परिवारलाई राहत दिने भएको छ। कोरोना भाईरसको जोखिमले सरकारद्धारा जारी लकडाउनका कारण प्रभावित बनेका दैनिक ज्यालादारी मजदुरी गर्ने गाउपालिका भित्रका कम्तीमा नौ सय ५० घर परिवारलाइ राहत स्वरुप खाद्यान्न उपलब्ध गराउने भएको हो।अहिले अति विपन्न र मजदुरहरुको लगत लिने काम भईरहेको छ।गाउँपालिकाले वडाको माध्यमद्वारा प्रत्येक घरको ४ जना सम्म जहान भएकालाई २५ किलो चामल,३ किलो दाल,१ किलो नून,एक लिटर तेल,कपडा धुने साबुन १ थान दिने जनाएको छ त्यस्तै ६ जना सम्म जहान हुनेलाई ५० किलो चामल,५ किलो दाल,१किलो नून,१ लिटर तेल,कपडा धुने साबुन १ दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष लोकराज केसीले बताए ।तत्काल अत्यावश्यक दैनिक उपोभोग्य सामाग्री चामल,दाल,नून,तेल, साबुनको लागि राजपुर गाउँपालिका वडा नम्बर २ मटेरीयामा रहेको शुर्यदय कृषी बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडसंग गाउँपालिकाले समन्वय गरि उक्त खाद्यान्न राहत स्वरुप वितरण गर्ने केसीको भनाई छ।
राजपुरका ९ सय बढी बिपन्नलाई राहत दिइने
राजपुरका ९ सय बढी बिपन्नलाई राहत दिइने
Advertisement
तपाईको प्रतिक्रिया