राजेश समर्पण,रोल्पा।कोरोना भाईरसका कारण बिपन्नहरुलाई सांझ बिहानको छाक टार्न समस्या भएको भन्दै रोल्पाका युवाहरुले खाद्यान्न लगाएतका समाग्री वितरण गरेका छन । रोल्पाको लुङग्री गाउँपालिका वडा नंवर ३ जुतुङखोलामा रहेको ताल पोखरी गणतान्त्रिक युवा समुहले बिपन्न १० घर परिवारलाइ खाद्यान्न लगाएतका समाग्री वितरण गरेको हुन। उनिहरुले वडाको अति विपन्न १० घर परिवारलाई चामल, नुन, तेल लगाएतका खाद्यान्न समाग्री वितरण गरको छ । त्यस्तै समुहका अध्यक्ष टकं राहुमगरको अगुवाइमा वडाको टोल टोलका प्रत्यक घरमा पुगी ११ सय पिस मास्क, २ सय पिस हात धुने सावुन समेत निःशुल्क रुपमा वितरण गरको बताइएको छ । साथै कोरना भाइरसबाट वच्नको लागि नियमित सावुन पानीले हात धुन र नेपाल सारकारले घोषणा गरको लकडाउनको सवैले पुर्णरुपमा पालना गर्नुहुन सवैलाई अनुराधे गरिएको सोहि समुहका सचिव याम बहादुर खड्काले जानकारी दिनु भएको छ ।
रोल्पाका युवाहरुले दिए १० घर बिपन्न परिवारलाई खाद्यान्न
रोल्पाका युवाहरुले दिए १० घर बिपन्न परिवारलाई खाद्यान्न
Advertisement
तपाईको प्रतिक्रिया