सडकका कुकुरको पेट भर्दै साहना

टेकबहादुर पुन,दाङ । मानवमा त चेतनशील छ । जसोतसो बाच्न सक्छ, खान सक्छ, दुख व्यक्त गर्न सक्छ, बोल्न सक्छ । तर सडक, बजार, मन्दिरमा रहेका सडकका गाई, बाँदर, कुकुर, पंक्षीहरुले के खाए होलान ?  खाना नपाएको कत्ति दिन भयो होला ? बोल्न सक्ने भए माग्ने थिए, रुने थिए, भोकको पिडा सुनाउने थिए । टुलुटुलु हेरि बसेका होलान्, कुनै मानिसलाई देख्दापनि खान पाउने आशा जाग्दो हो, सोच्दा हुन मनमनै केही खानेकुरा दिएपनि हुन्थ्यो । यो के बिपत्ती अाईलाग्यो सबै सुनसान भनेर पनि सोच्छन् होला! उनिहरुलाई के थाहा नोबेल कोरोना र लक-डाउन । निर्दोश मुहार लिएर भोकै बाँच्न उनिहरुलाई कति सास्ति छ ? हामीले एकैछिन कल्पना गरौँ त । तिनै छाडा कुकुरलाई खाना खुवाउने भनी दाङ्को लमही निवासी साहना श्रेष्ठले अभियान थालेकि छिन् । बिहानको खाना खाएर साहना अचेल सधैजसो बजारका गल्लि गल्लि कुद्छिन् । हातमा खानाको भाँडा लिएर उनी गल्लीका छाडा कुकुर खोज्दै हिँड्छिन् । उनलाई देख्ने बित्तिकै भोकले निहुरिएर पल्टिरहेका कुकुरहरु जुरुक्क उठ्छन् । त्यसो त जो कोही मानिस देखेपनि खान पाउने अाशमा कुकुरले टुलुटुलु हेर्छन् । उनी कुकुर बसेकै ठाउँमा गएर प्लेटमा खाना दिन्छिन् । अनि कुकुरले पेटभरी खाना खाएर मस्त निदाउछ । स्थानीय होटल र घरमा निर्भर रहेका कुकुर लकडाउनका कारण कमजोर भएको देखेर उनीहरुको जीवन रक्षाका लागि खानाको व्यवस्था गरिएको साहना बताउछिन।”यो स्थितीमा सबैलाई समस्या छ, छाडा हिड्ने जिवजन्तुलाई झन कति हो कति, साहनाले भनिन्- बाँच्नको लागि खाना चाहिन्छ, बोल्न सक्नेभए माग्थे होलान्, उनिहरुको पीडा हामिले अाफै बुझौँ ।”  भोकभोकै बस्न बाध्य भएका लमहीका छाडा कुकुरहरुका लागि साहनाको यो कार्य प्रसंसनिय छ । साहना श्रेष्ठ पतञ्जली योग समिति दाङ्ग जिल्ला उपाध्यक्ष हुन् ।

Sharing Now!

You might also like

Comments are closed.