थम्मन थापा,बागलुङ। २०१९ को डिसेम्वर अन्तिम साता चीनको वुहानबाट फैलिएको कोभिड १९ कोरोना भाईरस अहिले विश्वभर महामारीको रुपमा फैलिरहेको छ । नोवेल कोरोना भाईरस कोभिड १९ को कारण नेपाल सरकारले चैत १० गते देखि देशलाई पुर्ण रुपमा लकडाउन गरेको छ । लक डाउनलाई कडाईका साथ पालना गर्न र गराउन अहिले संघिय सरकार, प्रदेश सरकार र स्थानिय सरकार अहोरात्र खटिएका छन । देशैभर जनप्रत्निधी, प्रहरी प्रशासन, स्वास्थ्यकर्मी, सरोकारवालाहरु कोरोना भाईरसको संक्रमण फैलिन नदिन सकृयताका साथ लागेका छन । नेपालमा कोरोना भाईरसको संक्रमण हाल सम्म ९ जनामा देखा परिसकेको छ । अवस्था दिनहुँ थप भयावह बन्दै छ । लक डाउनको कारण दैनिक ज्याला मजदुरी गर्ने, विपन्न परिवारहरु लाई विस्तारै खाद्यान्नको संकटमा पर्न थालेको छ । विस्तारै विपन्न वर्गको समस्यामा सरकार देखि विभिन्न संघ संस्था र व्यावसायीहरुले राहत प्रदान गर्न थालेका छन । गलकोट नगरपालिका वडा नं १ दुदिलाभाटीका केहरसिंह खत्रीले लामो समय देखि हटिया बजारमा व्यावसाय गर्दै आउनु भएको छ । थ्रि ब्रदर्श अटो मोवाईल तथा घुम्टे मोटर पार्टसका सञ्चालक खत्रीले यो विपतको घडीमा विपन्नको साहारा बनेर राहत स्वरुप खाद्यान्न सहयोग गर्नुभएको छ । यो समयमा घर बाहिर निस्कन नपाईने, साथै ज्याला मजदुरी गर्न नपाउने भएका कारण समस्यामा परेका गलकोट नगरपालिका वडा नम्वर १ दुदिलाभाटीमा बसोबास गर्ने गरिब अशक्त तथा अति विपन्न ३५ घरपरीवारलाई युवा व्यवसायि केहरसिंह खत्रीले नगद रु १ लाख बराबरको खाद्य सामग्री वितरण गर्नुभएको छ । गलकोट नगरपालिका वडा नं १ का वडा अध्यक्ष नेत्र वहादुर बुढाथोकीको उपस्थितिमा राहत वितरण गरिएको व्यावसायी केहरसिंह खत्रीले जानकारी दिनुभयो । कोरोना भाईरस कोभिड १९ वाट बच्नको लागि तथा संक्रमण फैलिन नदिनको लागि वडा भित्र सचेतना फैलाउन माईकिङ समेत गरिएको छ । विपतको बेलामा गरिब अशक्त तथा अति विपन्न परिवारलाई सहयोग गरेको भनि युवा व्यवसायी खत्रीलाई वडा कार्यालयले धन्यवाद ज्ञापन गर्दै कोरोनाबाट बच्न सतर्कता अपनाउन वडाबासीमा आग्रह गरेको छ ।
थ्रि ब्रदर्श अटो मोवाईलद्वारा ३५ घरपरिवारलाई खाद्यान्न सहयोग
थ्रि ब्रदर्श अटो मोवाईलद्वारा ३५ घरपरिवारलाई खाद्यान्न सहयोग
Advertisement
तपाईको प्रतिक्रिया