टेकबहादुर पुन,दाङ । दाङ्गको राजपुरमा सालको घप्पु सहित १ जना पक्राउ परेका छन् ।राजपुर गाउँपालिका वडा नम्बर ५ जँग्रहवा निवासी भुपेन्द्र यादबलाई २ थान घप्पु सहित पक्राउ गरिएको जँग्रहवा प्रहरी चौकिका ईन्चार्ज नयाराम कार्किले जानकारी दिए । यादबले मैनिहवा सामुदायिक बनक्षत्र बाट घप्पु ल्याउँदै गरेको अबस्थामा प्रहरीले पक्राउ गरेको हो । अाबश्यक कारबाहीका लागि सब डिभिजन बन कार्यालय बेलाको जिम्मा लगाउने तयारी थालिएको छ ।ईन्चार्ज कार्किका अनुसार २ जनाले घप्पु ल्याउँदै गरेको अबस्थामा एकजनालाई पक्राउ गरिएको र अर्का एकजना फरार रहेका छन् । फरार ब्यक्तिको खोजीकार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ । राजपुरमा घप्पु सहित पक्राउ गरिएको यो कुनै नौलो हैन । कतिपय घटना बाहिर अाउँदैनन् तर दैनिकजसो त्यहाँ काठ तस्करी भईरहने स्थानियले बताएका छन् ।
Advertisement