टेकबहादुर पुन,दाङ। अति बिपन्न तथा मजदुर हरुलाई खाद्यान्न सहयोग गर्ने भन्दै लमही जेसिसले थालेको राहात संकलन कार्य अन्तिम चरणमा छ । देशले लक-डाउन खेपिरहेको बेला दैनिक ज्याला मजदुरी गरि छाक टार्ने अति बिपन्न तथा मजदुर हरुका लागि लमही जेसिसले ९ दिन अघिदेखी राहात संकलन गर्ने अभियान नै सुरु गरेको थियो । लमही जेसिसकि अध्यक्ष सपना पाण्डे र महासचिब जय प्रकाश पौडेलको सक्रियतामा राहात संकलन कार्य शुरु गरिएको हो ।संकलित रकमबाट १० क्विन्टल भन्दा बढी चामल, ६० केजि दाल, ६० केजि चिउरा, नुन, ६० केजि स्वईबिन, ५० केजि आलु खरिद गरी लमही नगरपालिकाका नगरप्रमुख कुलबहादुर केसी सँग सहकार्य गर्दै नगर अन्तरगतका बस्तीहरुमा बितरण गर्ने लमही जेसिसको योजना छ । लमही जेसीसका पुर्ब अध्यक्षहरु, जेसिसकै सदस्य, ब्यबसायी बालिका वली लगायत ३२ जनाबाट राहात संकलन गरिएको र सो कार्य अन्तिम चरणमा रहेको अध्यक्ष पाण्डेले बताईन् ।
काम नै गर्न नपाएर भोक भोकै बस्नुपर्ने बाध्यता श्रृजित हुन थालेपछी सहयोग गर्ने उद्देश्यले लमही जेसिसले राहात संकलनको अभियान चलाएको हो । कोहीपनि भोकभोकै बस्न नपरोस भन्दै नगर अन्तरगतका सबै बस्तिहरुमा एकद्वार प्रणाली मार्फत अभिलेख रहने गरि राहत वितरण गरिने अध्यक्ष सपना पाण्डेको भनाई छ ।
“मानबताको सेवा नै जीवनको सर्बोत्तम कार्य हो” भन्ने नारा अघि सारेर लमही जेसिसले राहात संकलनको अभियान थालेको हो ।
त्यस्तै लमही जेसिसले लक-डाउनको समयमा क्वारेनटाईनका लागि लमही नगरपालिकालाई अाफ्नो भवन नै उपलब्ध गराएको छ । भवनको अभाबले लमही नगरपालिकाले अनुरोध गरेसँगै भवन उपलब्ध गराईएको अध्यक्ष पाण्डेले जानकारी दिईन । बुधबार सम्म उक्त भवनमा ५ जना बिरामी लाई क्वारेनटाईनमा राखिएको थियो । उनिहरुको नियमित स्वास्थ्य चेकजाँच गर्दा कुनै किसिमको संक्रमण नभेटिएपछि घर पठाईएको लमही नगरप्रमुख कुलबहादुर केसीले जानकारी दिए । साथै लमही जेसिसले कोभिड-१९ कोरोना भाईरसका लक्षण तथा बच्ने उपाए सहितको जनचेतना मुलक ब्यानर हरु नगरका चोकचोकमा टाँसेको छ ।