वडा नम्बर २ द्धारा बिपन्न मजदुरलाई खाद्यान्न बितरण

टेकबहादुर पुन,दाङ्ग । लमही नगरपालिका वडा नम्बर २ को वडा कार्यालयले अाफ्नो वडाका वडाबासीलाई राहात स्वरुप खाद्यान्न बितरण गरेको छ । वडा अन्तर्गतका अति बिपन्न तथा मजदुरी गरि छाक टार्ने मजदुर हरुलाई खाद्यान्न बितरण गरिएको वडाध्यक्ष नेपालु चौधरीले जानकारी दिए ।मुलुक जटिल अबस्थामा रहेको बेला अति बिपन्न तथा मजदुर हरुको भोक टार्न नै समस्या देखिन थालेको छ । दैनिक मजदुरी गरेर साँझ बिहानको छाक टार्ने मजदुर हरुका लागि त लकडाउन अति समस्याको रुपमा खडा भएको छ । तिनै अति बिपन्न तथा मजदुर हरुको भोक टार्न वडा अन्तरगतका सहयोगी मनहरुबाट राहात संकलन गरि १ सय ३० घरपरिवारलाई खाद्यान्न बितरण गरिएको हो । काम नै गर्न नपाएर भोक भोकै बस्नुपर्ने बाध्यता श्रृजित हुन थालेपछी सहयोग गर्ने उद्देश्यले वडाध्यक्ष चौधरी पहलमा राहात संकलन गरिएको थियो । कोहीपनि भोकभोकै बस्न नपरोस भन्दै वडाका सबै बस्तिहरुमा एकद्वार प्रणाली मार्फत अभिलेख रहने गरि राहत वितरण गरिएको वडाध्यक्ष चौधरीले जानकारी दिए । उनले आ-अाफ्नो क्षत्रबाट सक्दो सहयोग गर्नपनि सबैमा अपिल गरेका छन् ।

Sharing Now!

You might also like

Comments are closed.