कोरोना अस्पतालमा मृत्यु भएका युवकको रिपोर्ट नेगेटिभ

बुटवल। बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएका युवकको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।३४ वर्षीय ती युवकको शनिबार राति बुटवलस्थित धागो कारखानामा स्थापना गरिएको कोरोना अस्पतालमा निधन भएको थियो । राष्ट्रिय प्रयोगशालामा गरिएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ ।६ चैतमा कतार एयरबाट नेपाल आएका उनी एक दिन काठमाण्डुको होटलमा बसेर भोलिपल्ट सार्वजनिक बस चढेर घर गएका थिए । घर आउँदै नै उच्च ज्वरो आएकाले उनले एक साता घरमै आराम गरेका थिए ।शुक्रबार लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य जाँचका लागि आएका युवकलाई कोरोना विशेष अस्पतालमा राखिएको थियो । अस्पतालमै उनको निधन भएको थियो ।

Sharing Now!

You might also like

Comments are closed.