बुटवल । कोरोना प्रकोपको प्रभावकारी पूर्वतयारी गरेको बुटवल उपमहानगरपालिकाले अहिले डिस्इन्फेक्सन गराउन जुटेको छ ।बुटवल उपमहानगरपालिकाले यसक्षेत्रमै पहिलोपटक कोरोना आइसोलेसन अस्पताल, सय कोठाको व्यवस्थित क्वारेन्टाइन, विभिन्न १६ ठाउँमा फिवर क्लिनिक सञ्चालन गरेको छ । यो संगै अहिले बुटवल उपमहानगरपालिकाले विभिन्न ठाउँमा इन्फेक्सनविरुद्ध औषधि छर्किन सुरु गरेको छ ।वडा नम्बर ५ को बजारक्षेत्रबाट शुक्रबार बिहानैदेखि डिस्इन्फेक्सन बनाउन सुरु गरिएको प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो । मानव स्वास्थ्यलाई असर नगर्ने खालको किटाणु नाशक विशेष औषधि छर्किन सुरु गरिएको र यस्लाई सबै वडामा पुर्याइने प्रमुख सुवेदीको भनाइ छ । बाक्ला घर र बस्ती रहेका टोलबाट यस्तो अभियान सुरु गरिएको वडा नम्बर-५, का अध्यक्ष तेजप्रसाद विश्वकर्माले जानकारी दिनुभयो । बुटवलमा बिहीबार ११३ जनाको परीक्षण भएको छ ।रुघाखोकी लागेर र ज्वरो आएपछि कोरोनाको आशंका गर्दै उपमहानगरपालिकाका १० वटा स्वास्थ्य संस्था तथा लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य परीक्षण गराउन ११३ जना पुगेका थिए । उनीहरूलाई ज्वरो क्लिनिकमा परीक्षण पछि स्वाब संकलन गरेर परीक्षण गरिएको छ । आइसोलेसनमा उपचाररतको हालसम्मको परीक्षणमा कोरोना पुष्टि भने भएको छैन । यद्यपि राष्ट्रिय प्रयोगशालाको अन्तिम रिपोर्ट भने नआइसकेको लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डाक्टर राजेन्द्र खनालले जानकारी दिनुभयो ।आइसोलेनमा खटिएका चिकित्सक तथा फोकल पर्सन डाक्टर सुदर्शन थापाले कोरोनाको लक्षण देखिएको भन्दै परीक्षणमा आएकाहरुको स्वास्थ स्थिर रहेको बताउनुभयो बुटवलको आइसोलेसन अस्पतालमा सात जनाको उपचार जारी छ । यसअघि लुम्बिनी प्रादेशिक अस्पताल सहित उपमहानगरका स्वास्थ्यसंस्थाहरुमा सञ्चालित ज्वरो क्लिनिकमा बुधबार एकैदिन २१७ जनाको परीक्षण भएको थियो । यीमध्ये प्रादेशिक अस्पतालमा १७ जना उपचाररत छन् भने एक जनालाई आशंका लागेर कोरोना बिशेष अस्पतालको आइसोलेसनमा पठाइएको थियो । उनीसहित सबैको उपचार जारी रहेको र अवस्था स्थिर रहेको विशेषज्ञ थापाको भनाइ छ । उपमहानगरपालिका जनस्वास्थ्य महाशाखाका शाखा अधिकृत कुन्दनकुमार सिंहका अनुसार बुटवलका विभिन्न ठाउँमा ज्वरो क्लिनिक सञ्चालनमा छ र त्यहाँबाट प्रादेशिक अस्पताल हुँदै जटिल भएमा मात्रै आइसोलेसनमा पठाउने गरिएको छ ।त्रसित होइन सजग र सावधान रहन नगर आग्रह गर्दै प्रमुख शिवराज सुवेदीले नगरबासीलाई सार्वजनिक सन्देश सहितको अपिल जारी गर्नुभएको छ ।
बुटवलमा कोरोना बिरुद्धको किटाणु नासक औषधि छर्किँदै
बुटवलमा कोरोना बिरुद्धको किटाणु नासक औषधि छर्किँदै
Advertisement
तपाईको प्रतिक्रिया