कोरोना बिरुद्ध महानगरले किटनाशक औषधी छर्किदैं

काठमाडौं। काठमाडौँ महानगरपालिकाले हिजाबाट सुरु गरेको किटनाशक औषधी छर्किने कार्यक्रमलाई आज पनि निरन्तरता दिएको छ । तीन ओटा क्षेत्रलाई आधार मानेर सुरु गरेको यो कार्य आज पनि निरन्तर रहेको काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिनुभएको छ । उहाँले सिमित स्रोत–साधनको समेत उच्चतम सदुपयोग गर्दै अत्यावश्यक ठाउँमा किटनाशक औषधी छर्किने कामलाई निरन्तरता दिइरहेको बताउनुभयो ।‘सिमित स्रोत–साधनका बीच पनि हामी निरन्तर काम गरिरहेका छौँ,’ प्रमुख शाक्यले भन्नुभयो, ‘कामका शिलसिलामा केही कमजोरी भएका छन् भने आम महानगरवासीले दिएको सुझावलाई स्वीकार गर्दै सुधारका प्रयास गर्ने छौँ । यो विश्वव्यापी रुपमा फैलिएको महामारीका बेला सबैको साथ र सहयोग अपरिहार्य छ ।’ उहाँले बाटो सफा गर्ने, किटनाशक औषधी छर्किनेलगायतका कामलाई ३२ वटै वटा र अत्यावश्यकसम्म पुर्याउने पनि जानकारी दिनुभयो ।

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.