थम्मन थापा, बागलुङ। विभिन्न देशमा वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकहरु अहिले गलकोट नगरपालिका भित्रका विभिन्न गाउँमा फर्किएपछि गाउँघरका स्थानीय मानसिहरु आतंकित बनेका छन् । जापान, युरोप, कतार, मलेसिया, दुबई, साउदी अरेबिया लगायत छिमेकी देश भारतका विभिन्न राज्यमा गएका नेपाली नागरिकहरु गाउँमा फर्किएपछि हिजोआज गाउँ घरका मानिसहरु आतंकित भएका हुन् ।
फर्किने मानिसहरु आफ्नो घरमा समेत सेल्फ-क्वारेन्टाइनमा नबसेर गाउँ डुल्दै हालखबर सोध्न थालेपछि डर नलाग्ने कुरै भएन ।फर्किनेहरुमध्ये अझ केहीलाई ज्वरो तथा रुघाखोकीको लक्षण देखा पर्न थालेपछि त गाउँमा तनावको वातावरण सिर्जना भएको छ । विदेशबाट फर्केका र नेपालका विभिन्न सहरहरू बाट गलकोट आएका नागरिकहरुलाई गलकोट नगरपालिकाको कार्यालयले १४ दिन घरमै होम क्वारेन्टाइनमा बस्न आग्रह समेत गरेको छ । यदि त्यसो नगरिएमा नगरपालिकाले तोकेको क्वारेन्टाइनमा बस्नु पर्ने गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले जानकारी दिनुभयो । अहिले गलकोट नगरपालिका, स्थानीय प्रहरी प्रशासन र नेपाली सेनाको पहलमा गल्कोटमा क्वारेन्टाइन निर्माण गर्न लागिएको नगर प्रमुख गैरेले बताउनु भयो ।
विश्व व्यापी माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण लाई रोक्न नेपाल सरकारले हिजो देखी नेपाललाई लक डाउन गरेको छ । यो अवस्थामा घर बाहिर ननिस्कने, भिडभाड नगर्न, सवारी साधन नचलाउन संघीय सरकार, प्रदेश सरकार र स्थानिय सरकारले आम नागरिकहरुलाई अनुरोध समेत गरेका छन । गलकोट नगरपालिकाको मुख्य बजार हटिया, हरिचौर लगायतका बजार क्षेत्र अहिले सुनसान देखिए पनि गाउँ घर तिर भने यसको प्रभाव अलि कम देखिएको छ । मानिसहरू निर्बाध रूपमा घर बाहिर हिड्ने, सवारी साधन चलाउने गरेको भन्दै केही स्थानीयहरू आतंकित समेत बनेको बताएका छन् । जनप्रतिनधि, सरोकारवाला निकायको यस प्रति बेलैमा ध्यान नजाने हो भने कोरोनाको प्रभाव पर्न सक्ने र माहामारी थप फैलिने
भन्दै सोझा साझा जनताहरू चिन्तित बनेका छन् । अहिले लक डाउन लाई प्रभाबकारी रूपमा कार्यान्वय गर्न ईलाका प्रहरी कार्यालय हरिचौर, प्रहरी चौकी हटिया, प्रहरी चौकी नरेठाटीले गलकोट नगरपालिका भित्र गस्ती समेत सुरु गरेको छ । यो अभियान लाई पूर्ण रूपमा पालना गरी कोरोना भाइरस विरुद्धको लडाइँमा एकजुट भएर लड्न गलकोट नगरपालिकाले आम नगर बासीमा अपील समेत गरेको छ ।
विदेशबाट फर्केकाहरु निर्बाध हिंडदुल गर्न थालेपछि स्थानीय आतंकित
विदेशबाट फर्केकाहरु निर्बाध हिंडदुल गर्न थालेपछि स्थानीय आतंकित
Advertisement
तपाईको प्रतिक्रिया