राम बहादुर बिश्वकर्मा,प्युठान ।प्युठान नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपतिले कोरोना भाइरस (कोविड-१९)का कारण पालिकामा अत्यावश्यक सामाग्रीको आभाव हुन नदिने बताएका छन्।बुधबार ,नगरपालिकाको बिपत ब्यबस्थापन समितिको आकस्मिक बैठक बसि नगरबासिलाई कोरोनाको कारण खाद्यान्न, औषधि तथा अन्य कुनै पनि सामाग्रीको अभाव हुन नदिने स्पस्ट पारेका हुन्।बैठकमा बोल्दै कक्षपतिले कोरोनाबाट तर्सिने भन्दापनि सजग रहनुपर्ने स्थिति रहेको बताएका थिए।’नगरवासीहरुलाई विश्वास दिलाउन चाहन्छु कि तपाईहरुलाई चाहिने कुनै पनि सामाग्रीको अभाव हामी हुन्न दिन्नौं।’ उहाले भन्नुभयो। यो संकटको परिस्थितिमा उद्योग बाणिज्य संघ र नगरपालिकाको समन्वयमा अत्याबसकिय सामाग्रीको अभाव भए वडा मार्फत
नगरपालिकाले निशुल्क ढुवानिको ब्यबस्था मिलाउने उहाको भनाई छ। ।हामी तपाईहरुको साथमा नै छौ। तपाईहरु आफ्नो घरभित्रै बसिदिनु होला।’ उनले भने, ‘संक्रमण नियन्त्रणका लागि नगरपालिकाले बाहिरबाट आउने ब्यक्ति तथा विरामीलाई राख्न नगर भित्र पर्ने कालिका बिकास केन्द्र बिजुवारमा १२ बेड,खेलकुद कबर्ड हल पुण्यखोलामा १० बेड र प्रत्येक वडा कार्यालयमा १० बेड सहित्को क्वारेन्टाइन तथा उपचारको व्यवस्था गरेको छ।
लक डाउन: प्युठान नगरपालिकाले खाद्य सामाग्रीको अभाव हुन नदिने
लक डाउन: प्युठान नगरपालिकाले खाद्य सामाग्रीको अभाव हुन नदिने
Advertisement
तपाईको प्रतिक्रिया