काठमाडौं। सरकारले मंगलबार बिहानदेखि देशैभर ‘लकडाउन’ गर्ने निर्णय गरेको छ ।मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्म एक साता देशैभर लकडाउन गर्ने निर्णय गरेको जानकारी सोमबार सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले दिएका हुन् ।सकारको निर्णयअनुसार लकडाउन अवधिभर कोही पनि घरबाहिर निस्कन पाउने छैनन् भने सबैखाले सवारी–साधन पनि बन्द हुनेछन् ।आन्तरिक उडानसमेत रोकिने छ ।अत्यावश्यकबाहेकका निजामती तथा निजी क्षेत्रका कार्यालयहरु पनि बन्द रहनेछन् ।सुरक्षाकर्मी, स्वास्थ्य कर्मचारी र अत्यावश्यक सेवाका कर्मचारीमात्र हिँड्डुल गर्न पाउनेछन् ।फ्रान्सबाट आएकी एक युवतीमा ‘कोरोनाभाइरस पोजेटिभ’ देखिएपछि सरकारले कठोर निर्णय लिएको हो ।
Advertisement