लमहीमा स्कुटी दुर्घटनामा परी धामीको मृत्यु

ओमप्रकाश गुप्ता,देउखुरी । लमही नगरपालिका वडा नम्बर ६ बेलदमारमा स्कुटी दुर्घटनामा परी एक जना युबकको घटना स्थलमै मृत्यु भएको छ । घोराहीबाट लमही तर्फ आईरहेको रा ३ प ५४३० नम्बरको स्कुटी लमही- घोराही सडक खण्ड अन्र्तगत पर्ने लमही नगरपालिका वडा नम्बर ६ बेलदेमारमा अनियन्त्रित भई दुर्घटना हुदा घोराही उपमहानगरपालिका वडा नम्बर १८ नवलपुर निबासी अन्दाजी बर्ष ३६ को अमित सिह धामी (कुमार धामीको ) निधन भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी सहायक निरिक्षक पुरान मल्लले जानकारी दिएका छन्। गएराति करिब ११बजे तिर दुर्घटना भएको प्रहरीको अनुमान रहेको छ । दुर्घटना भएको सुचना सोमबार बिहान मात्र पाए पछि सोमबार बिहान प्रहरी घटना स्थल पुगेको थियो । शबलाई अहिले पोष्टमार्टमका लागि लमही अस्पताल राखिएको छ भने स्कुटीलाई प्रहरीले आफ्नो नियन्त्रणमा राखेको छ । मृतक धामि सिंगापुरमा कार्यरत थिए ।

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.