काठमाडौं । सरकारले राजपत्रमा उल्लेख गरिएका अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने भएको छ।राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शार्मा ओलीले देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजकि, सामुदायिक र नीजि सेवा प्रदायकबाट प्रदान गरिने अत्यावश्यक सेवा बाहेकका सेवाहरु ९ गतेबाट २१ गतेसम्म बन्द गरिने घोषणा गर्नुभयो ।सरकारले चैत १० गतेबाट नेपालभरी चल्ने सबै प्रकारका लामो दुरीका यात्रुवाहक सवारी साधनहरु सञ्चालनमा रोक लगाएको छ।यसैगरी नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरु आगामी चैत ९ गतेबाट १८ गतेसम्मका लागि स्थगित गरिने प्रधानमन्त्री ओलीले घोषणा गर्नुभयो।सीमानाकाबाट आउने यात्रुहरुको सुरक्षालाई प्राथमिकतामा राख्दै अनिवार्य स्वास्थ्य जाँचको व्यवस्थासहित आवागमनको व्यवस्था मिलाउन छिमेकी राष्ट्रहरुसँग समन्वय भइरहेको बताउनुभयो।सरकारले यसअघि नै धेरै मानिसहरुको भिडभाड हुने सिनेमा घर, रेष्टुरेण्ट लगायतका स्थानहरु बन्द गर्ने निर्णय गरिसकेको छ । २५ जनाभन्दा बढीलाई भेला हुन नदिने र विद्यालय तथा विश्वविद्यालयले लिने सम्पूर्ण परीक्षाहरु पनि स्थागित गर्ने निर्णय सरकारले गरेको छ।प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा कालोबजारी गर्ने सबैलाई कडा कारवाही गर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले सार्क राष्ट्रको आपतकालिन कोषमा १० करोड रुपैयाँ प्रदान गर्ने निर्णय भएको जानकारी समेत दिनुभयो ।यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सक्रियतामा सार्क राष्ट्रका सदस्य राष्ट्रहरुबीच भएको भिडियो कन्फ्रेन्समा आपतकालिन कोष निर्माण गर्ने प्रस्ताव भएको थियो।प्रधानमन्त्री ओलीले महामारीको अवस्थालाई हेरेर सरकारले आवश्यक थप कदम चाल्ने पनि प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा बताउनुभएको छ।कोरोना भाइरस नियन्त्रण र संक्रमण फैलिएको अवस्थामा उपचारका लागि कुने कसर बाँकी नराख्ने बताउनुभएको छ । सबै प्रदेशहरुमा अस्पतालको व्यवस्थापन र स्वास्थ्यकर्मीहरुको उचित व्यवस्था गरिएको बताउनुभयो ।
चैत १० गतेबाट लामो दुरीका सवारी साधन सञ्चालनमा रोक
चैत १० गतेबाट लामो दुरीका सवारी साधन सञ्चालनमा रोक
Advertisement
तपाईको प्रतिक्रिया