ओमप्रकाश गुप्ता,सिसहनियाँ। कोरोना भाइरसले जनजीवनलाई आतंकित बनाई रहेका बेला राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले राप्ती गाउँपालिकालाई पाँच सय पिस मास्क प्रदान गरेको छ । सम्भावित कोरोना भाइरसबाट जोगिन र सचेत रहनका लागि राप्ती गाउँपालिका भित्रका स्वास्थ्य चौकी,मेडिकल, गाउँपालिका र वडा कार्यालयमा पुग्ने गरी सोमवार चेम्बरका अध्यक्ष कुमार अधिकारीले गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीलाई हस्तान्तरण गरेका हुन् । अहिले स्वास्थ्य चौकी तथा मेडिकलमा मास्क पाउन छोडेका बेला चेम्बरले मास्क प्रदान गरेको प्रति गाउँपालिकाका अध्यक्ष सुवेदीले धन्यवाद ज्ञापन गरेका थिए । यसै बिच चेम्बरले अव बजार क्षेत्र तथा सवारीका साधानमा सचेतनामुलक पोस्टर टास्ने र चेतनामुलक कार्यक्रम गर्ने योजना रहेको चेम्बरका उपाध्यक्ष मनु बेल्वासेले जानकारी दिएका छन् । यता राप्ती गाउँपालिकाले सोमबार गाउँपालिकामा कोरोना भाइरसका विषयमा आम सर्वसाधारणलाई सचेत बनाउन बैठक बसेको छ । विपद व्यवस्थापन समितिका संयोजक वेदप्रसाद चौधरीको अध्यक्षतामा बसेको बैठकले कोरोनाबाट बच्न र बचाउन सिसहनियाँ स्वास्थ्य चौकीमा छुट्टै कक्ष स्थापना गर्ने निर्णय गरेको छ । त्यसै गरी बैठकले ९ वटै वडामा हेल्प डेस्क स्थापना गर्ने, सञ्चार माध्यमबाट चेतनामुलक संदेश प्रवाह गर्ने,बजार क्षेत्र तथा विभिन्न स्थानहरुमा पोस्टर टाँस गर्ने, वडाहरुमा चेतनामुलक कार्यक्रम गर्ने लगायतको निर्णय गरेको छ । कार्यक्रममा जनप्रतिनीधि,कर्मचारी,चेम्बरका प्रतिनीधि, राजनीतिकदल,पत्रकार लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाल, डा.पुष्प भुसाल र रेगनसिंह थापाले गरेका थिए भने बैठकको सञ्चालन स्वास्थ्य शाखा प्रमुख नारायण राउतले गरेका थिए ।
गाउँपालिकालाई चेम्बरको मास्क सहयोग
गाउँपालिकालाई चेम्बरको मास्क सहयोग
Advertisement
तपाईको प्रतिक्रिया