अर्घाखाँची। जिल्लामा असिनाले चुटेर एक बालकको मृत्यु भएको छ। हिजो परेको अविरल वर्षाका कारण अर्घाखाँचीका विभिन्न ठाउँमा जनधन सहित ठुलो रुपमा क्षती भएको हो।जिल्लाको सितगंगा नगरपालिकाको वडा नं. १२ ठाडा रजिया रातामाटाका १० वर्षिय बालक विकास नेपालीको मृत्यू भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले जानकारी दिए।नेपाली शनिबार दिउँसो घरबाट हिँडेको र डोहोटेको कुँडुले जङ्गलमा बाटोको कुनामा मृत भेटिएका थिए। बाक्लो असिनाले चुटेरनै बालकको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।त्यस्तै शनिबार बेलुकादेखि परेको भीषण वर्षापछि आएको खोलाले बगाएर भूमिकास्थान नगरपालिका ९ ढिकुरा चरेपानीका ३८ वर्षीय सालिकबहादुर वलालको मृत्यु भएको अर्घाखाँची प्रहरीले जनाएको छ।ढिकुराको चरेपानीमै रहेको पातले खोलाले बगाएर वलालको मृत्यु भएको हो। भिषण पानिसँगै परेको असिना र हिउँका कारण पनि खोला बाढेको स्थानीयले बताए।
अर्घाखाँचीमा एक बालक सहित २ जनाको मृत्यु
अर्घाखाँचीमा एक बालक सहित २ जनाको मृत्यु
Advertisement
तपाईको प्रतिक्रिया