काठमाडौं । आईसीसी महिला टी ट्वान्टी विश्वकप क्रिकेट अस्ट्रेलियाले जितेको छ। अस्ट्रेलियाको मेलबर्नमा आइतबार भएको फाइनल खेलमा उसले भारतलाई ८५ रनले पराजित गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ४ विकेटको क्षतिमा १८४ रन जोडेको थियो। १८५ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको भारतले १० विकेट गुमाएर ९९ रन मात्र बनाउन सक्यो। भारतले पहिलो चोटि फाइनल खेलेको हो भने अस्ट्रेलियाले उपाधि कब्जा गरेको पाँचपटक पुगेको छ।
Prev Post
Next Post
You might also like
Comments are closed.