पोखराकी रुकमायालाई नव गायिकाको अवार्ड ।

पोखरा। यस बर्षको नव गायिकाको अवार्ड पोखराकी गायिका रुकमाया ओडालाई प्रदान गरिएको छ ।उनि गायन बिधाबाट गीत सङ्गीत क्षेत्रमा पाइला चालेकी हुन।’सृजनाको मुल्याङ्कन श्रस्टाको सम्मान, नेपाली सङ्गीतको प्रबर्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ शनिबार सम्पन्न अन्तराष्ट्रीय नेपाली म्युजिक अवार्डमा उनले नव गायिकाको अवार्ड चुम्न सफल भएकी हुन ।गायक गम बहादुर न्यौपानेसंग गायको उनको “ओइ सानु ” बोल को गीतबाट रुकमायाले अवार्ड उचालेकि हुन। बिभिन्न ३० भन्दा बढी बिधाका श्रस्टा सर्जक गायक गायिका लगायत सहभागी थिए ।गायक एस कुमार , गीतकार गणेश चौलागाई, लगाएतले बिभिन्न बिधामा सम्मानित भएको उक्त अवार्ड कार्यक्रमका सभापती सबिन घिसिङ र प्रमुख अतिथी संसद बहादुर सिंह लामा हुनुहुन्थ्यो ।

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.